दिल दुखाउँदै राजदूतले छाडे देश
भारत, चीनबाट आउने कस्ता–कस्ता ऐरे, गैरे, नत्थु खैरेले पनि हाम्रो देशका सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीसँग फोटो खिच्न पाउँछन् । तर, कम्युनिष्ट शासन चलेको एउटा देशका राजदूत भने प्रमसँग भेट्नै नपाई कार्यकाल सकाएर रुँदैरुँदै फर्किएका छन् ।
संसारमा कम्युनिष्ट शासन चलेका देश कति नै छन् र ? नेपालमा बहुमतको सरकारबाहेक एकदलीय क्युबा, चीन, भियतनाम, लाओस र उत्तर कोरिया गर्दा जम्मा ५ वटा मात्र । त्यसमध्ये महाशक्तिराष्ट्र अमेरिकासँग टक्कर लिँदै उत्तर कोरिया मिसाइल पड्काउनमा छ । त्यही देशका काठमाडौंस्थित राजदूत किम योङ हाकले केही महिनाअघि सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेटघाट गर्नै नपाई चित्त दुखाउनुपरेको बताइन्छ । चुनावलगत्तै उनले प्रधानमन्त्रीज्यूलाई बधाई सन्देश दिनका लागि भेट्न पाऊँ भनेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरे । जाने बेलासम्म पनि बिदाई भेटको प्रयास गरिरहे । तर, अहँ ढिम्किनै दिइएन । किन यस्तो भयो ? प्रधानमन्त्रीज्यूलाई थाहै दिइएन वा अरु देशसँगको सम्बन्धमा असर पर्छ भनेर पो त्यसो गरियो ? यो कुरा आजसम्म अनुत्तरित छ ।
तर, जाँदाजाँदै कोरियनहरुले चुहाएको सूचना भने गजबको छ । उनीहरुले आफ्नो साथी–सर्कलमा भनेका रहेछन्, सम्माननीय प्रधानमन्त्रीज्यू दुई दशकअघि एक कार्यक्रममा भाग लिन उत्तर कोरिया जाँदा त्यहाँ अन्य देशका प्रतिनिधिले बोल्न पाए, तर त्यतिबेला सानो भूमिकामा रहनुभएका, भोलि सत्ताको शिखरमा पुग्ने÷नपुग्ने टुंगो नभएका कारण उहाँलाई त्यति महŒव दिइएन । कतै त्यो तुष त पोखिएको होइन ? गुनासो गर्ने राजदूतले सुनाए, ‘तर, त्यसमा हाम्रो के दोष र ? पहिला परराष्ट्रका वा श्रमिक पार्टीका कसैले नजरअन्दाज गरे होलान् † तर, अहिले म एउटा देशको राजदूत भएर आएको छु । तीन वर्ष बसेर पनि सरकार प्रमुखसँग भेट्न नपाउनुमा मेरो के कैफियत छ ?’ यसबारे केही पत्ता नलगाई उनी प्योङयाङ पुगिसकेका छन् ।
टिप्पणीहरू