अमेरिकी रिपोर्टपछि भारत–पाकिस्तान तनाव बढ्ने

अमेरिकी रिपोर्टपछि भारत–पाकिस्तान तनाव बढ्ने

अमेरिकाको पछिल्लो एउटा रिपोर्टले भारत र पाकिस्तानबीच थप तनाव बढाउने भएकोे छ । विश्वव्यापी आतंकवादसँग सम्बन्धित समूहले भारतलाई लक्षित गरेको उल्लेख छ ।

रिपोर्टअनुसार ती सबै समूह पाकिस्तानी भूमिमा सक्रिय छन् । चीरपरिचित साना समूहलगायत जैस ए मोहम्मद प्रमुख मौलाना मसुद अजहरमाथि पाकिस्तानले कुनै कारबाही नगरेको समेत अमेरिकाले आरोप लगाएको छ ।

रिपोर्टमा अमेरिकी र भारतीयबीचको सहयोगमाथि प्रकाश पार्दै भनिएको छ, ‘अमेरिका आतंकवादसँग जुध्न भारतसँग लगातारको रणनीतिक साझेदार बन्नेछ ।’ उसले अगाडि भनेको छ, ‘गत सेप्टेम्बरमा भएको प्रतिआतंकवाद सम्बन्धी संयुक्त समूह र थर्ड डेजिग्नेशन डायलग र अक्टोबरमा भएको २२ औं मन्त्रीस्तरीय वार्तालाई निरन्तरता दिइनेछ ।’

टिप्पणीहरू