उपभोक्ता ठग्ने १७ औषधी पसलमाथि कारबाही

उपभोक्ता ठग्ने १७ औषधी पसलमाथि कारबाही

म्याद गुज्रिएको औषधी बेचेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने १७ औषधी पसल कारबाहीमा परेका छन् । औषधी व्यवस्था विभागले कात्तिक महिनामा मात्र १७ वटा औषधी पसललाई कारबाही गरेको हो ।

औषधी बिक्रीवितरण गर्ने लाइसेन्स पाएका व्यक्ति पसलमा नबसी अरुलाई राखेको, पसल दर्ता नगरेको, औषधी बिक्री वितरणमा बिल भर्पाइ नभएको जस्ता औषधी पसललाई कारबाही गरिएको विभागले बताएको छ । त्यस्ता पसललाई ७ देखि २१ दिनसम्म प्रतिबन्ध लगाइएको छ ।

औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको विभागको भनाइ छ । तिनीहरुले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको छ ।

विभागको कारवाहीमा पर्नेहरुमा स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, कम्युनिटी वेलनेस सेन्टर प्रालि, स्याउला वासपस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी, राधाकृष्ण पोलिक्लिनिक प्रालि हुन् ।

त्यस्तै, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी, सुखायु आयुर्वेदिकलाई पनि कारबाही गरिएको छ ।

टिप्पणीहरू