भक्तपुरमा श्रीमानले कुटीकुटी श्रीमती मारे

भक्तपुरमा श्रीमानले कुटीकुटी श्रीमती मारे

सामान्य विवादमा कुटपिट गर्दा भक्तपुरमा एक जना महिलाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका वडा ५ कटुञ्जेमा बस्दै आएका जीवन राईले श्रीमतीको कुटेर हत्या गरेका हुन् ।

आफ्नै डेरामा श्रीमती मन्दिरा राईलाई कुटेर मृत अवस्थामा छाडेर फरार रहेका राईलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । राईलाई नियन्त्रणमा लिएपछि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

टिप्पणीहरू