गाँजाको डङ्गुर समातियो,भरिया चाहिँ खै ?

गाँजाको डङ्गुर समातियो,भरिया चाहिँ खै ?

 

नेपालबाट भारततर्फ लैजाँदै गरिएको एक सय ५० केजी गाँजा बारामा समातिएको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीअन्तर्गत स्वाट टिमले उक्त परिमाणको गाँजा समातेको हो ।

बाराको सुवर्ण गाउँपालिका ६, सन्फुलवा खेतको बाटो हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेको हो ।समातिएको गाँजा आवश्यक ब्यवस्थापनको निम्ति नेपाल प्रहरीलाई बुझाइएको छिन्नमस्ता बाहिनीले जनाएको छ । गाँजा गएराति २ बजे नियन्त्रणमा लिइएको हो । तर गाँजाओसारपोसारमा संलग्न भरियाहरु भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोजी कार्य जारी छ ।

टिप्पणीहरू