अबदेखि पर्यटक नठगिनेमा पर्यटन बोर्ड ढुक्क

अबदेखि पर्यटक नठगिनेमा पर्यटन बोर्ड ढुक्क

पर्यटक प्रहरीको सहायतामा नेपाल पर्यटन बोर्डले दुई सय जना पर्यटक सवारी चालकलाई तालिम दिएको छ ।

पर्यटकलाई यातायातका साधन प्रयोग गर्ने क्रममा कुनै पनि किसिमको असहजता नहोस् भन्ने उद्देश्यले चालकहरुलाई तालिम दिइएको हो । विदेशी वा स्वदेशी पर्यटकको आतिथ्यमा बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको बताइएको छ ।

पर्यटक ट्याक्सी,बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राको निम्ति अपनाउनुपर्ने विधि,आतिथ्य,नक्सा पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयमा तालिम दिइएकोे छ । पर्यटन क्षेत्रको अग्रपंक्तिमा रहेर काम गर्दै आएका जनशक्तिलाई यस्ता खालका तालिमले जागरण गराउनेमा बोर्डले विश्वास राखेको छ ।

पर्यटकहरुलाई यात्राको समयमा आवश्यक पर्ने पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेवसाइटको विवरण भएको स्टिकरलाई पाँच सय वटा सवारीमा टाँस्ने अभियानसमेत थालिएको छ ।

टिप्पणीहरू