‘करेला फल हो,तरकारी होइन’
धेरैजसोले भान्सामा करेलालाई तरकारी र अचारमा प्रयोग गर्छन् । करेला तीतो हुने भएकाले धेरैले मुख बिगार्ने गर्छन् । रक्तचाप कम हुनेले करेला खानै बन्दसमेत गरेका छन् ।
तर धेरैलाई करेला तरकारी नभई फल हो भन्ने जानकारी छैन । यो फल खासमा विभिन्न रोगको औषधिमा समेत प्रयोग गरिन्छ । करेलामा पोलिपेप्टाइड नामक इन्सुलिनजस्तो यौगिक र चरन्टिन हुन्छ,जसमा मधुमेह प्रतिरोधी गुण हुन्छ ।
यी तत्वले सक्रिय रूपमा रगतमा चिनीको मात्रा कम गर्न मद्दत पुर्याउँछ । यसले शरीरले खपत गरेको मेटाबोलिज्म र चिनीको प्रयोगलाई उल्टाइदिएर इन्सुलिनको स्तरमा बढोत्तरी ल्याउने गर्छ । करेलाले हाइपोग्लिसेमिक एजेन्टको रूपमा समेत काम गर्छ ।
यो घुलनशील फाइबरको समृद्ध स्रोत हो । यसमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ,जसले रगतमा चिनीको मात्रा कम गर्न मद्दत पुर्याउने वैज्ञानिक तथ्य छ । जुस बनाएर काँचैसमेत खान सकिने भएकाले कतिपयले करेलालाई तरकारी होइन,फलफूल हो भनेका छन् ।
टिप्पणीहरू