माओवादी अध्यक्षले पाए १ सय ६२ मत, अरुले कति ?

माओवादी अध्यक्षले पाए १ सय ६२ मत, अरुले कति ?

माओवादी केन्द्रको बाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । दुई सय ६१ मत खसेकोमा पौडेलले १ सय ६२ र प्रतिस्पर्धी दिनानाथ गौतमलाई ८६ मत प्राप्त भएको छ ।

यस्तै उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । महर्जनले १ सय ७८, ढुंगानाले १ सय १ र पुलामीले १ सय ३८ मत प्राप्त गरेका हुन् । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् ।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा संगीता भट्टराई विजयी भएकी छन् । माओवादीको बाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो ।

टिप्पणीहरू