टेको लगाएर अडाएको पुल भाँचिदा ट्रिपर चालक ठहरै

टेको लगाएर अडाएको पुल भाँचिदा ट्रिपर चालक ठहरै 
ललितपुरको चापागाउँस्थित छम्पी जोड्ने फलामे पुल भाँचिदा एक जनाको ज्यान गएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल हिजो राति भाँचिदा एक जना ट्रिपर चालकको मृत्यु भएको हो ।
पुल भाँचिएर गाडीमा ठोक्किँदा ना. ८ ख ८१९१ नम्बरका ट्रिपर चालक गोदावरी ७, बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँले बताएको छ । ट्रिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै गरेको थियो ।
पुल भाँचिएपछि घाइते भएका मार्फालाई उपचारको निम्ति मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए ।

टिप्पणीहरू