न्युजिल्यान्डमा फाइजर खोपकै कारण अर्का व्यक्ति पनि बिते
न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । खोपपछि २६ वर्षीय रोयी जेम्स नरिनलाई हृदयाघात भएको प्रारम्भिक परीक्षणमा देखिएको जनाइएको छ ।
पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो । खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले समेत जनाएको छ ।
यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।
टिप्पणीहरू