​भिआइपीलाई जसले जिस्क्याउन भ्याए

कहिले पत्रकारले आफ्नो मर्यादा बिर्सिंदा अपमानित हुनुपर्ने, कहिले तराईकै बासिन्दा हुँ भन्दै फोनमा धम्क्याउनेबाट सास्ती खेप्नुपर्ने !उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका दुःख हुन् यी ।

आफूले चलाउने डाइरेक्ट नम्बरमा एकजना युवा फोन गरेर धम्की दिइरहन्थे । चाहिँदा कुरा नगर्ने, नचाहिँदा–नचाहिँदा कुरा गरेर तनावमात्र दिइरहने । एउटा ब्लक ग¥यो, फेरि अर्को एनसेल नम्बरबाट कल आइहाल्ने † यसरी हैरान भएपछि उपेन्द्रले गृहमन्त्रीसँग गुनासो गरे । गृहले प्रहरीलाई भन्यो, ‘स्वास्थ्य मन्त्रीज्यूलाई यति–यति नम्बरबाट फोन गर्नेले हैरान पा¥यो, पक्राउ गर्नुप¥यो ।’ मन्त्रालयले प्रहरी हेडक्वार्टर र हेडक्वार्टरले अपराध महाशाखालाई भनेको चार दिनपछि १९ वर्ष उमेरका एकजना युवा सोमबार दिउँसो समातिएका छन्, कालिमाटीबाट । थर हो, मण्डल, घर वीरगञ्ज । महाशाखाको ४ नं. पिलरका डिएसपी दुर्गा दाहालको टोलीले समातेर सोध्यो, ‘तैँले मन्त्रीज्यूलाई किन धम्क्याइस् ?’ उनले जवाफ दिए, ‘आफ्नो नेतालाई मैले नधम्क्याएर कसले धम्क्याउँछ ?’

प्रहरीले हप्कायो, ‘साले, मन्त्रीज्यू तेरो नेता कसरी ?’ यसपछि ती युवकले प्रहरीलाई राजनीति सिकाउन थाले । यसप्रकार अपराध महाशाखाले सोमबार साँझसम्म चार घण्टा निरन्तर बयान लिएपछि एउटा निश्कर्ष निस्कियो, उनी मानसिक समस्या भएका युवा रहेछन् । यही खबर प्रहरीले ग¥यो । यादवले केही सहयोगीलाई प्रहरीकहाँ पठाएर ती युवकबारे बुझ्न लगाए । उनीहरूले कुरा बुझेपछि कोट्याउनुभन्दा नछुनु नै बेश हुने निश्कर्ष सुनाए । पछि मन्त्रीले आफ्ना सहयोगीहरूलाई खबर पठाए, ‘अबदेखि फोन गर्दिनँ भन्ने कागज गराएर छाडिदिनु ।’ र, ती ठिटा राति छुटे ।

टिप्पणीहरू