एकैचोटी २६ सय शिक्षकले नियुक्ति पाउँदै

एकैचोटी २६ सय शिक्षकले नियुक्ति पाउँदै

शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणीका लागि आवेदन खुल्ला गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै विभिन्न विषयका लागि झन्डै २ हजार ६ सय शिक्षक मागेको हो ।

आयोगको सूचनामा निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जनाको आवेदन माग गरिएको छ । जसमा नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ।

इच्छुक उम्मेदवारले आउँदो माघ ६ गतेसम्म नियमित दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने आयोगले भनेको छ । आवेदन आयोगको वेबसाइटबाट पनि दिन सकिने सूचनामा उल्लेख छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/teacher-vacency.pdf” title=”teacher vacency”]

टिप्पणीहरू