बाघको वितण्डाले बघुवन क्षेत्र आतंकित
नवलपरासीस्थित दुम्कीबास बघुवन आसपासका क्षेत्रमा बाघले आतंक मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपास बाघ निस्कन थालेपछि स्थानीय त्रसित बनेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका बाघहरु स्थानीय बस्ती आसपास आएर आतकं मच्चाउन थालेपछि गाँउपालिकाले सबैलाई सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको छ ।
गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा सकभर हिँडडुल नगर्न तथा एक्लै नहिँड्न गाउँपालिकाको अनुरोध छ ।
टिप्पणीहरू