प्रधानन्यायाधीशको सम्पत्ति खोज्दै पुल्चोकतिर

प्रधानन्यायाधीशको सम्पत्ति खोज्दै पुल्चोकतिर

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागमा उजुर हालिएको छ ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीको नेतृत्वमा राणाको सम्पत्ति छानबिनको माग गर्दै पुल्चोकस्थित विभागमा उजुरी परेको हो । यो बिभागलाई केपी ओलीले अर्थ मन्त्रालयबाट तानेर प्रधानमन्त्री कार्यालय मातहत लानुभएको हो ।

प्रधानन्यायाधीश राणा,उनका नातेदार,नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचारका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा समेत भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षणपत्रमा सम्पत्ति छानबिनका लागि पाँचबुँदे आधार र कारणसमेत उल्लेख छ । नेपाल बार एसोसिएसनले दुई महिनादेखि राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

टिप्पणीहरू