‘व्यक्तिहरू स्वार्थी हुँदै गएकाले जेष्ठ नागरिकको अवस्था भयावह’

‘व्यक्तिहरू स्वार्थी हुँदै गएकाले जेष्ठ नागरिकको अवस्था भयावह’

-राजेशचन्द्र राजभण्डारी

बागलुङ सदरमुकाममा सभ्य नागरिकको पहिचान, जेष्ठ नागरिकको सम्मान भन्ने मूल नारासहित प्रथम जेष्ठ नागरिक दिवस मनाइएको छ ।

जेष्ठ नागरिक जिल्ला संघ बागलुङको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरूले अहिले व्यक्तिहरू स्वार्थी र मतलबी हुँदै गएको कारण जेष्ठ नागरिकको अवस्था भयावह बन्दै गइरहेको बताएका छन् । उनीहरुले समाजमा रहेका जेष्ठ नागरिकको सम्मान गर्न सकेको अवस्थामा मात्रै समाजलाई उपयुक्त दिशामा लैजान सकिने धारणा राखेका छन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर जिसी, विद्यामन्दिर माध्यमिक विद्यालयका शिक्षक कुलराज शर्मा, चइना देवी श्रेष्ठ, वुद्धिबहादुर केसी, लगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक बागलुङ नगरपालिका १, निवासी ९९ वर्षीया कृष्णकुमारी उपाध्याय, वडा नम्बर ३ निवासी ९६ वर्षका भक्तबहादुर श्रेष्ठलाई नगद १ हजार र प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

जेष्ठ नागरिक जिल्ला संघको आजीवन सदस्य लिएका व्यक्तिहरूलाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष चिरञ्जीवीकुमार श्रेष्ठ र संघका सदस्य बद्रीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

टिप्पणीहरू