मन्त्रालय तोड्दै छ तालिवान सरकार
चार महिनादेखि अफगानिस्तानमा राज्य सञ्चालन गर्दै आएको विद्रोही तालिवान सरकार यसबीच विश्वसँग औपचारिक सम्पर्कमा छैन । विश्वका अधिकांश देशले ऊसँगको कूटनीतिक सम्बन्धलाई अहिलेसम्म औपचारिकता र व्यवहारमा उतारेका छैनन् ।
त्यसैलै त्यहाँका जनताको पछिल्लो अवस्था कस्तो छ भन्नेबारे बाँकी विश्वलाई नै पत्तो छैन । तर पनि सीमाना जोडिएका केही देशबाट प्राप्त समाचारअनुसार यसबीच तालिवान सरकारले आफू अनुकूलका निर्णयहरु गरिरहेको छ ।
यसअघि अमेरिका र पश्चिमा राष्ट्रहरुको समर्थनमा रहेको सरकारले सञ्चालनमा ल्याएका कतिपय सरकारी निकायलाई विघटन गरिएको छ । सो क्रममा दुई वटा निर्वाचन आयोग र शान्ति तथा संसदीय मामिला मन्त्रालयलाई विघटनमा लगिएको छ ।
टिप्पणीहरू