प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह
नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह बनाइएको हो । जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई संयोजकको जिम्मा दिइएको छ ।
प्रदेश नम्बर १ को दुई समूह विभाजन गरि सोको नेतृत्व हर्क गुरुङले गरेका छन् भने प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् । त्यहाँ पनि दुई समूह विभाजन गरिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशको समूह नेतामा स्थायी कमिटी सदस्य चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व अध्यक्ष गायत्री गुरुङले गरेकी छन् ।
बागमती प्रदेशको टोली नेता अध्यक्ष सरल सहयात्री र कर्णालीमा विमला केसी छानिएका छन् । सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा छन् ।
यता, प्रवास समितिबाट लक्ष्मण पन्त समूह नेता छानिँदा सम्पर्क समन्वय प्रदेशबाट कृष्ण अधिकारी र जबस मोर्चाबाट अमृता थापा टोली नेता तोकिएका छन् ।
टिप्पणीहरू