कर्मचारी कमरेडहरुबीच कोलाहल

कर्मचारी कमरेडहरुबीच कोलाहल

‘आखिर पैसा भए हुने रहेछ, किन चाहियो युनियन †’ भर्खरै नायव सुब्बाबाट शाखा अधिकृतमा बढुवा पाएपछि विभिन्न स्थानमा खटाइएका कर्मचारीको असन्तुष्टि हो यो ।

लोकसेवा उत्तीर्ण गरेर आएका र फाइल बढुवामा अधिकृत भएका अधिकांश शाखा अधिकृतलाई विभिन्न प्रदेशसहित दुर्गममा पठाइएको छ । उनीहरुले काठमाडौंमै रहनका लागि आफूसम्बद्ध संगठनका नेतादेखि ट्रेड युनियनसम्मलाई गुहारे । तर, कसैको केही नलागेपछि संगठन भएर वा ट्रेड युनियन भएर केही नहुने रहेछ भन्ने ठहरमा पुगेका हुन् ।

कतिपयले संगठनले भनिदिएर हैन, आफैँले पैसा खर्च गरेर काठमाडौं पोष्टिङ मिलाएका छन् । पैसा हुनेले त मिलाए, नहुनेचाहिँ संगठन पनि चाहिएन भन्दै तोकिएको पोष्टिङतिर हान्निएका छन् । उनीहरुको असन्तुष्टि कर्मचारी नेता पुण्य ढकाल र केदार देवकोटासँग बढी छ ।

अर्कातिर, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा को जाने भन्ने टकरावले एमाले कर्मचारीबीच दरार आउन थालेको छ । आधिकारिक ट्रेड युनियन कहिले बन्छ भन्ने कुराको कुनै टुंगो लागेको छैन । तर, केदार देवकोटा कि लेखनाथ कोइराला भन्ने कुराले ठूलो रुप लिइसकेको छ ।

आधिकारिक ट्रेड युनियन अघिल्लो पटकजस्तै पूर्णसमावेशी हुने कि अर्को किसिमको हुने भन्ने पनि टुंगो लागेको छैन । त्यसमाथि एमालेसम्बद्ध कर्मचारी संगठनको बबरमहलस्थित कार्यालयमा विवादपछि प्रहरीले लगाएको ताला अझै खुलेको छैन ।

टिप्पणीहरू