सर्लाहीमा भोलि बेलुकीसम्म कर्फ्यु

सर्लाहीमा भोलि बेलुकीसम्म कर्फ्यु

आइतबारको सवारी दुर्घटनापछि सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको आगजनीलगायतका ध्वंसात्मक कार्यलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले आज दिउँसोदेखि भोलि साँझसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

उत्तेजित भीडले सार्वजनिक सम्पत्तिको तोडफोड गर्न थालेपछि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।जिल्ला प्रशासनले ईश्वरपुर नगरपालिकाको वार्ड नम्बर ४ को सागरटोलदेखि इलाका प्रहरी कार्यालय, केशरगञ्जसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका वार्ड नम्बर ९ खोरिया टोलदेखि उत्तरमा सखुवनी टोलसम्म कर्फ्युको घोषणा गरिएको जानकारी गराएको हो ।

टिप्पणीहरू