बिहानैदेखि सेताम्मे चन्द्रागिरि
हिजो बिहानदेखि भएको मौसम परिवर्तनसँगै मुलुकभर वर्षा र हिमपात भइरहेको छ । काठमाडौं वरिपरिका डाँडामा पनि आज बिहानैदेखि हिमपात भएको छ ।
विशेषगरी, ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र काठमाडौं नजिकैको पर्यटकीयस्थल चन्द्रागिरिमा आज बिहानैदेखि हिउँ परेको छ । काठमाडौंको उत्तरमा रहेको शिवपुरीमा पनि दिउँसोबाट हिउँ देखिएको छ ।
चन्द्रागिरीमा खसेको हिउँ हेर्न काठमाडौंबाट हिजैदेखि सर्वसाधारण त्यहाँ पुगेका थिए । धेरैजसो आज बिहान मात्र त्यता गएका हुन् ।
टिप्पणीहरू