नयाँ भेरियन्टले सुनामी ल्याउने डब्लुएचओको चेतावनी

नयाँ भेरियन्टले सुनामी ल्याउने डब्लुएचओको चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टाका कारण संक्रमणको सुनामी आउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।

युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त चेतावनी बाहिर आएको हो ।

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडको नयाँ भेरियन्ट संक्रमणले संक्रमणको सुनामी ल्याउनेछ,’ उनले भने ।

डब्लूएचओका अनुसार हाल विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिन थालेका छन् । संक्रमण फैलिन थालेपछि विभिन्न देशले खोपको बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका धेरै वटा देशले भने लकडाउन र नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

फ्रान्स र बेलायतमा अप्रत्याशित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रिकालीन कर्फ्यु घोषणा गरिएको छ ।

टिप्पणीहरू