तीनकुनेमा बुद्धमूर्ति उभ्याइने
उदयपुरको कटारी नगरपालिकाले सिद्धिचरण लोकमार्ग र मदन भण्डारी लोकमार्गको संगमस्थलमा बुद्धको मूर्ति राख्ने भएको छ । कटारी नगरपालिका–३, डाडाँस्थित तीनकुने चोकमा कटारी नगरपालिकाको सहयोगमा बुद्धको मूर्ति स्थापना गर्न लागिएको हो ।
कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले मूर्ति स्थापनाको लागि शिलान्यास गर्नुभएको छ । सबै धर्मको संरक्षण गर्न तीनकुने चोकमा बुद्धको मूर्ति स्थापना गर्न लागिएको नगर प्रमुखको भनाइ छ ।
टिप्पणीहरू