चक्रपथको बाँकी सडकखण्डलाइ मानवमैत्री बनाइने
चक्रपथलाई स्तरोन्नति गरेर मानवमैत्री बनाउने लक्ष्यसहित पौष २४ गते शंख पार्कमा एक कार्यक्रम आयोजना हुने भएको छ । चीनको सहयोगमा चौंडा पार्न लागिएको कलंकी–चाबहिल–कोटेश्वर सडकखण्डमा बनाउने क्रममा पुरानो गल्ती नदोहोरियोस् भन्दै नागरिक अगुवाहरुले कार्यक्रम गर्न लागेका हुन् ।
घना मानव बस्तीबीच गएको कलंकी–कोटेश्वर सडक निर्माणमा जस्तो गल्ती पुनः नदोहोरियोस् भन्दै नागरिक अगुवाहरूले सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।
यसअघि विस्तार गरिएको कलंकी–कोटेश्वर सडकखण्डमा धेरै कमजोरी भएकाले अहिले धेरै सडक दुर्घटना भइरहेको बताइन्छ । अब विस्तार गर्न लागिएको कलंकी–चाबहिल–कोटेश्वर खण्डमा त्यस्तो नहोस् भन्दै सरोकारवालाहरूलाई सजग गराइएको उनीहरुले बताएका छन् ।
दिगो संरचना निर्माण तथा न्यायोचित पहुँच पुर्याउन आवश्यक पहल गर्नसमेत माग गरिएको छ । अन्तर्राष्ट्रिय डिजाइनअनुरुप अपांग, साइकलमैत्री, बालबालिका तथा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री प्रतिक्षालयसहित बनाइने भनिएको सडक खण्डलाई सफल बनाउन उद्देश्यले अभियानको थालनी गर्न लागेको हो ।
अपरिहार्य पूर्वाधारसहित निर्माण गर्न लागिएको चक्रपथ सडकखण्डलाई सबैको सुरक्षा र समान सुविधासहितको बनाउन नागरिक अगुवाहरुले पहल गरेका छन् ।
टिप्पणीहरू