कर्णालीको आकाश ठप्प, सडक मार्ग पनि अवरुद्ध

कर्णालीको आकाश ठप्प, सडक मार्ग पनि अवरुद्ध

खराब मौसमका कारण कर्णालीका सबै उडान रद्ध भएको छ । हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको हो । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा कुहिरो लागेको छ ।

डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्लाको सिमकोट विमानस्थलमा बाक्लो हिमपात भएको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान अवरुद्ध भएको हो ।

डोल्पा र हुम्लामा यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि जिल्ला बाहिर जान चाहने सबै अलपत्र परेका छन् । साथै, डोल्पा र हुम्ला आउने उडान नउड्दा नेपालगञ्ज र सुर्खेतमा पनि यात्रुहरु बिचल्लीमा परेका छन् ।

भारी हिमपातका कारण हिमाली र उच्च पहाडी क्षेत्रका अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । बाक्लो हिउँका कारण घाम नलागेसम्म सडक मार्ग खुल्ला हुने सम्भावना कम रहेको बताइएको छ ।

टिप्पणीहरू