अचानक कोरोना लागेपछि पाँच घण्टा शौचालयको बास

अचानक कोरोना लागेपछि पाँच घण्टा शौचालयको बास

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले दुनियाँलाई आक्रान्त बनाएको छ । कोरोनाका कारण लाखौँले मृत्युवरण गर्नुपरेको छ भने करोडौं मानिस प्रभावित भएका छन् । कोरोनाले विश्व अर्थतन्त्रमा पारेको प्रभाव झन् डरलाग्दो छ ।

कोरोनाले विश्वका करोडौँ मानिसलाई दुःख दिएको सबैले बुझेकै कुरा हो । तर, अमेरिकाकी एक महिलाले भने अकल्पनीय सास्ती खेप्नुपरेको छ । मारिसा फोसियो नाम गरेकी ती महिलाले कोरोना लागेकै कारण पाँच घण्टासम्म शौचलायमा थुनिनुपरेको हो ।

हवाई उडानकैबीच कोरोना पोजेटिभ देखिएपछि उनी पाँच घण्टासम्म हवाइजहाजभित्रको शौचालयमा सेल्फ आइसोलेसनमा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिसा डिसेम्बर २० मा शिकागोबाट आइसल्याण्डको उडानमा थिइन् ।

यात्राकै क्रममा घाँटी दुःखेको महसुस भएपछि उनले जहाजमै कोरोना परीक्षण गरिन् । उनीसँग भएको ¥यापिड टेस्ट किटबाट गरिएको परीक्षणमा पोजेटिभ देखियो । त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेसनमा राख्ने निर्णय गरिन् र उडान अवधिभर ट्वाइलेटमा बिताइन् ।

समाचारहरुमा जनाइएअनुसार सो क्रममा विमान परिचारिकाले मारिसालाई खाना र पेय पदार्थ पनि त्यहिँ लगेर दिएका थिए । उनले भनिन्, ‘यो एक भयानक अनुभव थियो । उडानमा १ सय ५० जना यात्रु थिए । तर मेरो सबैभन्दा ठूलो डर उनीहरूलाई पनि संक्रमण हुन सक्छ भन्नेमा केन्द्रित भयो ।’

आइसल्याण्ड एयरको विमानको शौचालयबाट टिकटकमा भिडियो पोष्ट गरेकी मारिसा आइसल्याण्डमा अवतरण गरेपछि लगत्तै स्थानीय रेडक्रस होटलको आइसोलेसनमा बसेकी थिइन् ।

भिडियाे स्राेत : सीएनएन

https://edition.cnn.com/videos/travel/2021/12/30/covid-passenger-airplane-bathroom-icelandair-orig-ch.cnn

टिप्पणीहरू