चाैतारीका अध्यक्षले भेटे जतिलाई केन्द्रीय सदस्य भन्दिएपछि….

चाैतारीका अध्यक्षले भेटे जतिलाई केन्द्रीय सदस्य भन्दिएपछि….

यसै हप्ता लुम्बिनीमा एमाले निकट पत्रकारहरुकाे संस्था प्रेस चाैतारी नेपालकाे बैठक सम्पन्न भएकाे छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले नेता भानुभक्त ढकाल,सूर्य थापा,बिष्णु रिजाल,खिमलाल भट्टराईले निर्देशन दिने र बुध्दमाया हाेटलकाे हलभित्र सहभागीले ताली पिट्ने गरी सम्पन्न बैठकले अागामी माघ २२,२३ मा पाेखरामा महाधिवेशन गर्ने निर्णयबाहेक अरु केही गरेन ।

बैठक भनिएता पनि कार्यक्रम भेला जस्तै थियाे । देशका करिब ७७ जिल्लाबाट नै जुटेका केन्द्रीय सदस्यहरु नेताहरुकाे भाषण सुनेर फर्किए । बैठकमा प्रचार विभाग प्रमुख समेत रहेका गुरुङले एमाले भित्र बा,दाजुभाइ,दिदी बहिनी नाता हावी भएकाे भन्दै कामरेडीपन बढाउन सबैलाई निर्देशन दिए । उनले भने, “कम्युनिस्ट पार्टीमा बा, अामा,दाइ हुन्न। सबैले कामरेड भनौँ । एकले अर्काेलाई सम्मान गरौं ।”

जनसंगठन ईन्चार्जसमेत रहेका भानुभक्त ढकालले भेटे जतिलाई केन्द्रीय कमिटी सदस्य बनाइँदा संगठनहरु अस्तब्यस्त भइरहेकाे बताए । उनले अब जनसंगठनकाे केन्द्रीय कमिटीकाे संख्याकाे अाकार घटाउनु पर्ने र साेहिअनुसार अाफूहरुले हाेमवर्क गर्ने बताए । सूर्य थापाले पूर्व माअाेवादी,दश बुँदे भन्दै विभेद नगर्ने तर इतिहासकाे निर्मम समीक्षा जरुरी रहेकाे बताए ।

उनले भने,”कम्युनिस्ट पार्टीमा बा, अामा,दाइ हुन्न । सबैले कामरेड भनौँ । एकले अर्काेलाई सम्मान गरौं ।”

नेताहरुले त्यसाे भनेता पनि ब्यवहारत: हलभित्र दश बुँदेमार्फत पुनः साँगठनिक काममा फर्केकाहरुलाई भने अपमानित गरेकाे चर्चा छ । चाैतारी उपाध्यक्ष सईन्द्र राई बैठकमै अाएनन्,उनले नेताका गलत कामकाे समाचारमार्फत तथ्यसहित भन्डाफाेर गर्दै अाएका छन् ।

संगठनका महासचिव राजेश राईलाई पनि घेराबन्दी गरिरहेकाे प्रस्टै देखिन्थ्याे । यद्यपि राईले कार्यक्रम चलाइरहेका थिए । तर पनि उनैलाई लक्षित गरेर पत्रकार महासंघको चुनाव हराउने, संगठनभित्र रहेर बिद्राेह गर्नेहरुलाई चाैतारीले कारवाही गर्छ भनेर नेताहरुले बारम्बार भाषण गर्दा हलले हुटिङसमेत गरिरहेकाे थियाे । तर पनि राई र उनी जस्तै हलमा सहभागी ४ सय जनामध्ये करिब ४०/४५ जना केन्द्रीय सदस्य नेताहरुकाे भाषणकाे पीडा सहेर बसिरहेका थिए ।

जनसंगठन ईन्चार्जसमेत रहेका भानुभक्त ढकालले भेटे जतिलाई केन्द्रीय कमिटी सदस्य बनाइँदा संगठनहरु अस्तब्यस्त भइरहेकाे बताए ।

बैठकले सदस्य संख्या बढाउने वा अन्य खास निर्णय गरेन तथापि अध्यक्ष गणेश बस्नेतले अाफ्नाे नजिक रहेका जान पहिचानवालालाई तपाईं केन्द्रीय सदस्य हाे भन्दै धाप मारेपछि यतिबेला चाैतारीभित्रै तीब्र असन्तुष्टि बढेकाे छ । संगठनका कुनै पनि पदाधिकारीलाई जानकारीसमेत नदिई अध्यक्ष बस्नेतले माैखिक रुपमा केन्द्रीय सदस्यकाे अाश्वासन दिँदै हिंड्दा संगठन पाेखरा पुग्दासम्म ध्वस्त हुने चिन्ता पदाधिकारीहरु नै पोख्छन् ।

लुम्बिनी बैठक गर्नुभन्दा पनि अगाडि चाैतारीमा केन्द्रीय सदस्यकाे संख्या थप गरिएकाे भनिएता पनि ती अध्यक्ष बस्नेतकाे ठाडाे अादेशमा गरिएकाे बुझिएकाे छ । एमाले भित्रका शालिन नेता भनेर चिनिने गुरुङले चाैतारीलाई अब्बल संगठन बनाउने भनेर उद्घाेष गरिरहँदा ब्यक्तिगत सम्पर्ककाे अाधारमा जहाँ गयाे त्यहीँ एक महिने केन्द्रीय सदस्य बनाउने प्रवृतिले पाेखरा महाधिवेशन समेत प्रभावित हुने देखिन्छ ।

टिप्पणीहरू