आमाको पुण्यतिथीमा न्यानो कपडा वितरण
फिदिम नगरपालिका १ को एक परिवारले आमाको ४५ औं दिनको पुण्यतिथीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
पाँचथर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका १ नम्बर प्रदेश सदस्य मित्रप्रसाद काफ्लेकी आमा चन्द्रमाया काफ्लेको ४५ औं दिनको पुण्यतिथीको सन्दर्भमा कपडासहित स्टेशनरी वितरण गरेको हो ।
फिदिम नगरपालिका ९ (साविक लुम्फाबुङ ६, तुम्रोक) मा सञ्चालित सिद्वकाली आधारभूत विद्यालयका ५३ र स्थानीय बालविकास केन्द्रका ७ गरी ६० जना छात्रछात्रालाई हिजो स्वेटर र स्टेशनरी प्रदान गरिएको हो ।
सामाजिक सेवामा समर्पित जनसेवा समाज पाँचथरको संयोजन तथा समन्वयमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा छात्रछात्रालाई सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रममा बोल्दै फिदिम नगरपालिका ९ का वडाध्यक्ष बालकृष्ण लावतीले विद्यालयलाई सहयोग गरेकोमा आयोजक र दाता परिवारलाइ धन्यवाद दिनुभएको छ । छात्रछात्राले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी र सिद्वकाली आधारभूत विद्यालयका प्रधानाध्यापक केशव घिमिरे, विद्यालय सुधार समितिका अध्यक्ष देवेन्द्र घिमिरे, लुम्फावुङ माविका प्रधानाध्यापक विरेन्द्रकुमार लावती, वडा सदस्य गंगाप्रसाद राई, समाजसेवी आसराज लावती र पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मी गौतम र प्रायोजक परिवारका तर्फबाट मित्रप्रसाद काफ्लेले मन्तव्य राखेका थिए ।
सो अवसरमा विद्यालय सेवा क्षेत्रका अविभावक, शिक्षक र विद्यार्थीसँगै शैक्षिक क्षेत्रका अभियन्तासँगै प्रायोजक मित्रप्रसाद काफ्लेका भाइहरु देवी, महेन्द्र उदय र भविन्द्र काफ्लेको उपस्थिति थियो ।
नेपालमा सरकारले पछिल्लो दुई महिनाको बीचमा प्रतिसिलिण्डर झण्डै तीन सय रुपैयाँ बढाइसकेको छ ।
टिप्पणीहरू