बन्दसत्र छोडेर माओवादीका नेताहरु स्थायी समितिमा

बन्दसत्र छोडेर माओवादीका नेताहरु स्थायी समितिमा

नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक डाकेको छ । केन्द्रीय पदाधिकारी चयनबारे छलफल गर्न बैठक कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी डाकिएको हो ।

पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजो निर्वाचन प्रक्रिया शुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

यस बीचमा नेताहरुबीच विभिन्न औपचारिक अनौपचारिक छलफल भएका छन् । माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

टिप्पणीहरू