माओवादीमा नेतृत्व चयनको बिधि स्थायी कमिटीले बनाउने

माओवादीमा नेतृत्व चयनको बिधि स्थायी कमिटीले बनाउने

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको बिधि बनाउन स्थायी कमिटी बैठक बसेको छ । महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा बसेको बैठकले नेतृत्व चयन निर्वाचनमार्फत गर्ने कि सहमतिक आधारमा भनेबारे निर्णय लिने बताइएको छ।

यसअघि आज दिउँसो मतदान गर्ने गरी शनिवार निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । तर, सहमतिको प्रयास गर्ने भन्दै घोषित कार्यक्रम अझै शुरू भएको छैन । आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कार्यक्रम रोक्न निर्देशन दिनुभएको थियो ।

सहमतिका आधारमा केन्द्रीय कमिटी चयन हुन् नसके निर्वाचन गर्ने तयारी पनि थालिएको बुझिएको छ ।

हिजो पारित विधानमा महाधिवेशन प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने र निर्वाचित कमिटीले पदाधिकारी छान्ने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा समेत सहमति जुट्न सकेको छैन । अध्यक्षमा प्रचण्ड दोहोरिने पक्का भएपनि उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा दर्जनौँले आकांक्षा राखेका छन् ।

खासगरी महासचिवमा तीन नेताको दावेदारी छ । पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दावी गरेका छन् ।

टिप्पणीहरू