जाडोमा बालबालिकालाई न्यानो कपडा

जाडोमा बालबालिकालाई न्यानो कपडा

रसुवाका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । उत्तरगया गाउँपालिका–२, डाँडागाउँका विपन्न बालबालिकालाई नेपाली काँग्रेसकी स्थानीय नेतृ सुनितामाया गुरुङको पहलमा न्यानो कपडा वितरण गरिएको हो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको समन्वयमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ नेपाल, एटीएएल पिङ्गलास्थान फ्यामिलीले उत्तरगया गाउँपालिकासँगको सहकार्यमा न्यानो कपडा वितरण गरेको बताइएको छ ।

डाडागाउँ माविका ५० जना बालबालिकालाई न्यानो कपडास्वरुप ज्याकेट वितरण गरिएको गुरुङले जानकारी दिएकी छन् । ज्याकेट गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले हस्तान्तरण गरेका हुन् ।

टिप्पणीहरू