बाबुराम भट्टराईले भन्नुभयो,”म बौलाउन चाहन्छु”

बाबुराम भट्टराईले भन्नुभयो,”म बौलाउन चाहन्छु”

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनका पक्षमा उभिँदा आफूमाथि बौलाहाको आरोप लाग्ने गरेको बताउनुभएको छ ।

मुलुकको सकारात्मक परिवर्तनको कुरा गर्दा प्रतिगामी शक्तिहरुले बौलाहा भन्छन् भने आफू बौलाउन तयार रहेको डा. भट्टराईको भनाइ छ ।

‘पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु ।’

जसपाले आज पाँचथरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । भट्टराईले प्रतिगामी शक्तिहरुलाई परास्त गर्दै मुलुकमा सकारात्मक परिवर्तन गर्न हरेक सचेत नागरिक बौलाउनु पर्ने बताउनुभयो ।

‘परिवर्तनका लागि विद्वानहरु बौलाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘पहिले पनि बौलाएर क्रान्तिको बिगुल फुकेकै हो, म फेरि एकपटक परिवर्तनका लागि बौलाएको छु ।’

टिप्पणीहरू