जाडो मौसममा किन सुक्खा हुन्छ ओठ ?

जाडो मौसममा किन सुक्खा हुन्छ ओठ ?

जाडो मौसम आफैंमा सुख्खायाम हो । सुख्खा मौसमका कारण शरीरका बाहिरी भागहरु फुट्ने गर्छन् । धेरै फुट्ने भागमध्ये ओठ पनि एउटा हो ।

जाडो महिनामा हावामा थोरै आर्द्रता हुने भएकाले ओठ फुट्छ । ओठ फुट्नुको अर्को कारण ओठ चाट्नु पनि हो । जीब्रोबाट निस्कने र्याल वा थुकले ओठको सतहलाई थप सुक्खा बनाउन सक्छ ।

यसो गर्दा जाडोमा मात्र नभई गर्मी मौसममा पनि ओठलाई असर पर्ने बताइन्छ । गर्मीमा चर्को घामले पनि पनि मानिसको स्वास्थ्य र छालामा असर पार्छ ।

टिप्पणीहरू