१५ टुक्रा पार्दा पनि अझै रुस ठूलो

१५ टुक्रा पार्दा पनि अझै रुस ठूलो

रुस विश्वको सबैभन्दा ठूलो देश हो । भूगोलको आधारमा ठूलो मानिएको रुसको क्षेत्रफल एक करोड ७० लाख ९८ हजार ४ सय ४२ वर्ग किलोमिटर रहेको छ । पहिलेको सोभियत संघबाट छुट्टिएर अन्य १५ वटा देश बने पनि रुस अझै विश्वको ठूलो देशको रुपमा कायम छ ।

कुनै बेला विश्वको सबैभन्दा शक्तिशाली देश सोभियत संघ आजभन्दा तीन दशकअघि टुक्रेपछि रुस,युक्रेन,जर्जिया,बेलारुस, उज्बेकिस्तान,आर्मेनिया, अजरबैजान,काजकिस्तान, किर्गिस्तान,मोल्दोभा,तुर्कमेनिस्तान, ताजिकिस्तान,लात्भिया, लिथुआनिया र इस्टोनिया बनेका थिए ।

तीमध्ये अझै पनि रुस नै विश्वको सबैभन्दा ठूलो देशको हैसियतमा कायम छ । क्षेत्रफलको हिसाबले भए पनि रूसमा भूगोलको तुलनामा अपेक्षाकृत थोरै जनसंख्या देखिन्छ ।

टिप्पणीहरू