सुई अभावका कारण स्थगित खोप अभियान सुचारु
सिरिञ्ज अभावका कारण प्रभावित खोप अभियान पुसको अन्तिम साताबाट सञ्चालन हुने भएको छ । उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दिने भनिएको फाइजर खोप पुसको अन्तिम हप्ताबाट पुनः सुचारु गर्न लागिएको हो ।
यसअघि पुस १३ गतेदेखि कोभिडविरुद्धको फाइजर खोप लगाउने घोषणा गरिएको थियो । तर सिरिञ्ज नभएपछि अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरिएको हो ।
हाल फाइजर खोपको घोलक आइसकेको र सिरिञ्ज पर्सिसम्ममा आइपुग्ने बताइएको छ । खोप पर्याप्त मात्रामा भएपनि सिरिञ्ज अभावले अधिकांश जिल्लाको खोप अभियान प्रभावित बनेको छ ।
टिप्पणीहरू