साइकल चलाउदा शरीरलाई फाइदै फाइदा

साइकल चलाउदा शरीरलाई फाइदै फाइदा

दैनिक साइकल चलाउनु स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । बाहिरी मुलुकमा साइकललाई अहिले पनि प्राथमिकतामा राखिएको छ ।

तर, नेपालमा साइकल चलाउने भन्दा पनि निजी सवारी र सार्वजनिक यातायातमा यात्रा गर्न चाहने धेरै पाइन्छन् । छोटो दूरीमा समेत गाडीमै यात्रा गर्नेहरु धेरै देखिन्छन् ।

पहिले साइकल प्रयोगलाई बाध्यता मानिन्थ्यो भने अहिलेका पुस्ताको लागियो यो रहर बनेको छ । सहरी क्षेत्रका बालबालिकालाई सानो उमेरमा खेल्न साइकल किनिदिने चलन छ ।

तराईमा अझै साइकल चढ्नेको संख्या धेरै पाइन्छ । साइकल चढ्दा शारीरिक रुपमा निकै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । दैनिक २० मिनेट साइकल चलाउँदा नियमित व्यायाम पुग्ने उनीहरुको भनाइ छ ।

साइकल चलाउँदा शरीरका मांसपेशीहरू बलिया हुन्छन् । साथै, ढाड र गर्धनको दुखाईबाट समेत राहत मिल्ने गर्छ । त्यस्तै, साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्त सञ्चारमा सुधार आउने चिकित्सकहरु बताउँछन् । यसबाट रक्तचापलाई सजिलैसँग नियन्त्रणमा राख्न सकिन्छ ।

नियमित २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारौँ क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मोटो मानिसलाई तौल घटाउन सघाउँछ । दैनिकरुपमा साइकल चलाउनेलाई मधुमेहको जोखिमसमेत कम हुने बताइन्छ ।

टिप्पणीहरू