पाँच दिन बितिसक्दा पनि बाबुछोरा हिउँमै

पाँच दिन बितिसक्दा पनि बाबुछोरा हिउँमै

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका बाबु र छोरा पाँच दिनदेखि हिउँसँग जुधिरहेका छन् । हिउँमा फसेको यति धेरै दिनसम्म पनि उनीहरुको उद्धार हुन सकेको छैन् । आज बिहान दुई पटक हेलिकोप्टरद्धारा उद्धारको प्रयास भए पनि सफल हुन नसकेको हो ।

पाँच दिनअघिको हिउँ पहिरोले लाक्पा टासी र उनका छोरा पासाङ शेर्पालाई बगाएको थियो । ‘चाैंरीसँगै हिउँ पहिरोले बगायो । तर, ओढार भेटेर बसेका छौँ ।

हामी निस्कन नसक्ने भयौं । हेलिकोप्टरबाट निकालिदिनु’ भन्दै हिजो बिहान फोनबाट आग्रह गरेको मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताए ।

हिजो बिहान पनि हेलिकोप्टरमार्फत् उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा बसेका छन् भनेर मेसो नपाएपछि हेलिकोप्टर सुकेटार विमानस्थल फर्केको थियो ।

आज बिहानसम्म पनि ठाउँ पत्ता लागेको छैन । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेका हुन् ।

टिप्पणीहरू