माओवादीमा तीन आयोगको नेतृत्व सर्वसम्मत

माओवादीमा तीन आयोगको नेतृत्व सर्वसम्मत

नेकपा (माओवादी केन्द्र)को तीनवटा आयोगमा पुरानै नेतृत्व दोहोरिएको छ । जारी महाधिवेशनले आयोगका अध्यक्षसहित सदस्यहरु सर्वसम्मत निर्वाचित गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, लेखा परीक्षण आयोगको अध्यक्षमा पेशल खतिवडा र अनुशासन आयोगमा अध्यक्ष टंक राईसहितका सदस्यहरू सर्वसम्मत घोषणा भएका हुन् । तीनै जना यसअघि पनि सोही आयोगका अध्यक्ष थिए ।

जारी बन्दसत्रमा प्रस्ताव गरिएका उनीहरूको नाम प्रतिनिधिले सर्वसम्मत पास गरेका हुन् । आयोगतर्फको नेतृत्व टुंगिएसंगै अब केन्द्रीय कमिटी चयन हुनेछ ।

टिप्पणीहरू