जर्नेलहरुको फेरियो जिम्मेवारी

जर्नेलहरुको फेरियो जिम्मेवारी

भर्खरै दुई तारेमा बढुवा भएकासहित नेपाली सेनाका केही जर्नेलहरुको जिम्मेवारी हेरफेर गरिएको छ । सेनाको भाषामा विभागीय सरुवा भनिएको उक्त जिम्मेवारी हेरफेरमा मूलतः चार वटा महत्वपूर्ण विभाग परेका हुन् ।

स्रोतका अनुसार प्रदिप केसीलाई जासुसी निकाय भनेर चिनिने डिजिएमआईको जिम्मेवारी दिइएको छ । उनी यसअघि बेलायतस्थित नेपाली दूतावासमा सैनिक सहचारी थिए ।

त्यसैगरी योगराज शर्मालाई भ्याली कमाण्डमा ल्याइएको छ । केसी र शर्मा दुबैजना गत हप्ता बढुवा भएका हुन् ।

यता,तालिम हेर्ने डिजीएमटीका निरञ्जन श्रेष्ठलाई निरीक्षणाकृत आईजी अफिसमा तानिएको छ ।

उक्त अफिसले सैन्य अनुशासन,फाष्ट ट्र्याक र कर्णाली कोरिडोरजस्ता गौरवका आयोजनामा ढिलासुस्ती नहोस् भन्ने कुराको समेत अनुगमन गर्ने गर्छ ।त्यसैगरी आईजी अफिसका सीताराम खड्कालाई तालिममा लगिएको छ । खड्का र श्रेष्ठको जिम्मेवारी हेरफेर म्युचुअल जस्तो देखिएको बताइन्छ ।

टिप्पणीहरू