होला त पुस २७ गते पनि सार्वजनिक बिदा ?

होला त पुस २७ गते पनि सार्वजनिक बिदा ?

राप्रपाले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त माग राखेका हुन् ।

पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै लिङ्देनले प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

हिन्दूराज्य र संवैधानिक राजतन्त्रको माग गर्दै आएको राप्रपाले विगतदेखि नै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सार्वजनिक बिदाको निम्ति आग्रह गर्दै आएको हो ।

टिप्पणीहरू