भोट हाल्ने नाम छुट्ला : काठमाडौं महानगर

भोट हाल्ने नाम छुट्ला : काठमाडौं महानगर

काठमाडौ महानगरपालिकाले मतदाता नामवलीमा नाम छुटेका नागरिकलाई नाम दर्ता गर्न आग्रह गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै मतदाता नामावलीमा नाम छुटेका उमेर पुगेकाहरुको फोटो खिच्ने काम भइरहेकाले नाम दर्ता गर्न आग्रह गरेको हो ।

नाम दर्ता गराउन राष्ट्रिय सभागृह र जिल्ला प्रशासन कार्यालयमा समेत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

काठमाडौं जिल्ला बाहिरका नागरिकको हकमा भने अनामनगरस्थित निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिन्छ ।

नाम दर्ता गराउने समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ ।

टिप्पणीहरू