अपांगता भएकालाई मौरीसहितको घार
संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।
मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताउनु भयो ।
अपांगता भएका व्यक्तिका परिवारलाई सात दिने मौरीपालनसम्बन्धी तालिमपछि हिजो मौरीसहितको घार वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४ देखि २० गतेसम्म मौरीपालनसम्बन्धी तालिम आयोजना गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए ।
टिप्पणीहरू