भद्रजन भीडको हिस्सा बन्दैनन्
- नरेन्द्रजंग पिटर
आत्महत्याका आर्थिक, सामाजिक, यौनिक र साँस्कृतिक सम्बन्धका मनोविज्ञान हुने गर्छन् । हरेक मृत्युले सामुहिक भावनालाई संवेदनशील बनाउँछ र त्यो प्रतिक्रियामा देखिन्छ ।
संकट विश्वासको ः
सरकारमाथि अहिले उसैका क्रियाकलापले विश्वासको संकट पैदा गरेको छ । उसलाई उपलब्धि– एकातर्फ, दम्भ अर्कातर्फ बोझ बनेको छ । सरकार र संस्थाहरूप्रति जनविश्वास घट्दै जाँदा नागरिकहरू मानिसबाट भीडमा फेरिइरहेका छन् । अपराधको पनि सिण्डिकेट बनेको छ । त्यसमा ‘जनप्रतिनिधि’, अदालत, मिडिया, वकिल र पुलिस देखा पर्दा राज्य संयन्त्रप्रति अविश्वास बढ्न गएको छ । न्यायका पसल खुल्न जाँदा न्याय÷निसाफ सडकले गर्छ भन्ने मनोभाव पैदा भएको छ । अवकाशप्राप्त न्यायाधीशहरूको चासो र चिन्ता त्यसै आएको हैन । अविश्वासले पैदा गरेको निरास जनमत या विद्रोही बन्छ या त भीडमा फेरिन्छ । सिण्डिकेटले बलिदान माग्छ । कालान्तरमा त्यसको एउटा सदस्यले आत्महत्या पथ रोज्न पुग्छ ।
अंशमा टेकेर समग्रमा आक्रमण ः
अविश्वासका कारण घृणा पैदा भएको निरास जनमत भीडमा फेरिएपछि आफ्ना हरेक समस्याको जरो सरकार र नेतामा देख्छ । भीडसँग आवेग त हुन्छ, तर विवेक, नारा र नेता नहुनाले उद्देश्यहीन अराजनीतिक जत्थामा फेरिन्छ । यही मौकामा चौका हान्दै प्रतिगमनकारी वा द्वन्द्वउद्यमी मूल मुद्दालाई तपशीलमा पारेर अंशमा टेक्दै समग्रमा प्रहार गर्न पुग्छन् । यो दुई दशक तीव्र हेरफेर र नेपाली राजनीतिको क्रमभंग काल रह्यो । शीतयुद्ध घनघोर चलिरहेकै छ । पात्र फेरिए, सत्ता चरित्र भने नफेरिँदा जनमत निरास हुने र प्रतिगमनकारी हौसिँदा रहेछन् । कहिले त्यो धर्मको नाममा देखा पर्छ, कहिले भ्रष्टाचार विरोधीको रूपमा, कहिले राजतन्त्र भर्सेस गणतन्त्रका रूपमा देखा पर्छ । कहिले पक्ष÷प्रतिपक्ष हुँदै पुडासैनी ‘प्रेत’ मा परिणत हुन्छ ।
बहसको विषयान्तर
म स्वैच्छिक मृत्युको वकालतकर्ता हुँ । तर, आत्महत्यालाई निन्दनीय, कायरनामा मान्छु । जे–जस्तो कारण देखाइए पनि आत्महत्या डरपोक मान्छेको नकाम हो । जे–जस्ता कठिनाइ परे पनि, अवरोध बने पनि यो संसार संर्घषशील मान्छेको हो । यदि, तर, किन्तु, परन्तु भनेर आत्महत्यालाई सौन्दर्यकरण गर्न सकिँदैन । शालिकराम बिते तर उनको ‘पिसाचले’ धेरैलाई सतायो । बहस आत्महत्याको हुनुपथ्र्याे । मानिस किन निराशामा जान्छ र आत्महत्याको बाटो अँगाल्छ ? के आत्महत्यापछि समस्याबाट उम्कन सक्छ ? के सम्मानित हुन सक्छ ? बहस हुनुपथ्र्यो । तर, अहिले भीड शालिकराम र आत्महत्याभन्दा पनि अरू नै चर्चामा छन् । मिडियाले सत्य, तथ्य, तर्क र परिणामभन्दा पनि सदा सेलिब्रेटीलाई पछ्याउँछन् । आग्रही, आवेगी भीड त्यसैको हिस्सा बन्न पुग्छ । चितवन र अन्य क्षेत्रका युवा सडकमा उत्रिए, उतारिए । त्यो भावनात्मक भीडमा एउटा अनौठो दृश्य देखियो–अंशमा टेकेर समग्रमा आक्रमण गर्ने । एजेन्डाहीन आवेगी खेल खेल्ने । शालिकराम पृष्ठ भागमा पर्ने । आत्महत्याका कारण र कारकपक्ष बहसहीन बन्ने । तर, यसकै बहानामा आफ्ना आग्रह पुष्टि गर्न पक्ष र प्रतिपक्षका खेल चल्ने । बालुवाटार जग्गा प्रकरणका युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यबारे मिडिया, नागरिक समाज, सरोकारवाला मौन रहने । आवेगी भीडलाई सरोकार नहुने । भ्रष्टाचार र अकुत सम्पत्ति एउटै मात्र मान्छेले गर्न सक्दैन । अझ नीतिगत भ्रष्टताबारे समाज, सरोकारवाला र मिडिया मौन छन् । चुडामणि त नजिर नै बने । सामान्य विषयलाई असामान्य तरिकाले प्रस्तुत गरेर लोकप्रियताका खेती हुने गर्दछन् यहाँ । यी खेलपछिका कार्य, कारण र परिणाम नियाल्न भीडले खोज्दैन । शालिकराम पछिल्ला पात्र मात्र हुन् । भीडले विवेक प्रयोग गर्दैन । आग्रहले आफ्ना दुश्मनको साधना गर्ला । स्वहितमा जनमत तयार पनि पार्ला । तर, विवेकीजन कसैको योजना, अभियानमा फस्न हुँदैन ।
किन आवेगी भीड तयार हुन्छ ?
जब क्रान्ति, विद्रोह र परिवर्तनले जगाएका महत्वाकांक्षा र सपना ध्वस्त हुन्छन्, नायकहरू खलनायकमा फेरिन्छन्, राजनीति व्यवसाय बन्छ, सिद्धान्त सत्ताका भ¥याङ हुन्छन् तब निरास मान्छे नागरिक नभई भीडमा फेरिन्छ र आत्मा आक्रोशित बन्दै दिल र दिमागलाई सडकमा छताछुल्ल पार्छ । नागरिक पहिचानका खोजी गर्ने निरस र निरास समूहमा फेरिँदा भीडको शिकार बन्न पुग्छ । भीडका छुटभैय आयोजक देखिए पनि, निमित्त पात्र अघि सारिए पनि मूल प्रायोजकले बन्द कोठाबाट निर्देशन गर्न रिमोट चलाइरहेको छ । सामाजिक सञ्जाल यसको हल्ला औजार बन्न पुगेकाछन् ।
अब गर्ने के त ?
मध्यमखाले शिक्षित ‘विश्वासीहरू’ सँग आलोचनात्मक चेत नभएकाले उनीहरु आग्रही बनेर भीडको हिस्सा बन्न पुग्छन् । आवेगी सोच मानव–औजार मात्र बन्न पुग्छ । सत्ता र नेतृत्वमा ऊ आदर्श त खोज्छ तर त्यस्तो आदर्श आपूmमा हैन, अरूमा देख्न चाहन्छ । भ्रष्टतन्त्रको मूल जरो राजनीति हो तर शिक्षित ‘विश्वासीहरू’ राजनीतिलाई घृणा गरेर घृणित राजनीतिज्ञ जन्माउँदै सत्ता उनीहरूलाई नै सुम्पिरहेका हुन्छन् । जबसम्म शिक्षित ‘विश्वासीहरू’ले अग्रगमनको राजनीतिमा हस्तक्षेप गर्दैनन् तबसम्म मौसमी नायक खोज्दै हिँड्नुपर्ने नियति भोगिरहनुपर्ने हुन्छ । चिन्तनमै बुढेसकाल लागेपछि तरुणलाई के रमाइलो ?
टिप्पणीहरू