वादी समुदायलाई सोलार बत्ती

वादी समुदायलाई सोलार बत्ती

अर्घाखाँचीका वादी समुदायले अब सोलार बत्ती बाल्न थालेका छन् । सन्धिखर्क नगरपालिका–२ म रहेका १३ वादी परिवारलाई निःशुल्क सोलार वितरण गरेपछि उनीहरुलाई सहज भएको हो ।

३५ वर्षदेखि भद्रि खोला किनारमा त्रिपालमुनि बस्दै आएका वादी समुदायलाई स्थानीय सरकारको पहलमा आवास बनाइएको हो । गिट्टी कुट्दै, बालुवा चाल्दै र ज्याला मजदूरी गरी जीवनयापन गर्दै आएका वादी समुदायलाई सरकारले नयाँ घर बनाइ दिएपछि उनीहरु दंग परेका हुन् ।

सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गरेका हुन् । नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो ।

टिप्पणीहरू