कोरोना (ओमिक्रोन) ले माओवादी बैठक धकेलियो

कोरोना (ओमिक्रोन) ले माओवादी बैठक धकेलियो

नेकपा माओवादी केन्द्रको बैठक पर सारिएको छ । भोलिलाई बोलाइएको केन्द्रीय समितिको दोस्रो बैठक माघ ८ गतेसम्म धकेलिएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केही नेतामा कोरोना संक्रमण देखिएपछि सारिएको बताइन्छ ।

भोलि पदाधिकारी चयन गर्ने एजेण्डा थियो । यसअघिको बैठकमा पदाधिकारीमा धेरै जनाको आकांक्षा देखिएपछि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै बैठक भोलिसम्म स्थगन गरिएको थियो ।

विशेषगरी धेरै जना नेता महासचिव पदको आकांक्षी देखिएपछि बैठकलाई केही पर सारिएको हो ।

चीनमा उपचाररत नेता वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुले महासचिव पद नछाड्ने आशयको अभिव्यक्ति दिएपछि नेतृत्व थप दबाबमा परेको हो ।

टिप्पणीहरू