रक्सीले छाडेपछि गाउँपालिका अध्यक्ष लुरुक्क

रक्सीले छाडेपछि गाउँपालिका अध्यक्ष लुरुक्क

राष्ट्रिय मानवअधिकार आयोगको टोलीमाथि अश्लिल शब्दले गाली गर्दै दुव्र्यवहार गरेका खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । शनिबार आफ्नै घरमा पुगेको आयोगको टोलीलाई रक्सीको सुरमा तथानाम भनेका उनले हिजो माफी मागेका हुन् ।

मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवम् अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेसहितको टोलीलाई रक्सीले मातेका बञ्जराले गालीगलौज गर्दै कठालोसमेत समातेका थिए । उनको यस्तो हर्कतको चौतर्फी विरोध भएपछि हिजो माफी मागेका हुन् ।

गाउँपालिका अध्यक्ष बञ्जराले हिजो खोटेहाङ गाउँपालिका पुगेको आयोगको टोलीलाई भेटेर लिखित माफी मागेका हुन् । उनले अञ्जानमा दुव्र्यवहार भएकोप्रति आत्मालोचित हुँदै अबउप्रान्त त्यसप्रकारको दुव्र्यवहार नगर्ने सर्तमा एक पटकका लागि क्षमा मागेकाले माफी दिइएको कार्यालय प्रमुख काफ्लेले बताए ।

काफ्लेलाई अश्लील शव्द प्रयोग गरी कठालोमा समाएर दुव्र्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध घटनालगत्तै प्रहरीचौकी हुक्नाजोर, फाक्टाङमा कारबाहीका लागि उजुरी परेको थियो ।

टिप्पणीहरू