प्रतिनिधि सभाको अर्को बैठक माघे संक्रान्तिपछि
प्रतिनिधि सभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक पुस २८ गतेका लागि डाकिएको बैठक आज सूचना जारी गरेर स्थगित गरिएको हो ।
संसद सचिवालयले पर्सि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै माघ ३ गतेका लागि सारिएको जानकारी दिइएको छ ।
‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवशः सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू