हेटौंडामा ‘पृथ्वीपथ जिन्दावाद’ को नारा घन्कियो
वाग्मती प्रदेशको राजधानी हेटौंडामा हिन्दुवादी र राजावादीहरुले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती मनाएका छन् । सो अवसरमा राप्ती किनारमा रहेको गोरक्षश्वर मन्दिर परिसरबाट बुद्धचोकसम्म र्याली निकालिएको छ । हेटौंडाको सीमाचोक र बुद्धचोकको बीचमा रहेको भीमसेन गल्लीमा सभा आयोजना गरिएको छ ।
र्यालीका सहभागीहरुले ‘पृथ्वीपथ जिन्दावाद’ भन्दै नारा लगाएका छन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही गर्नुुपर्ने, हिन्दु धर्म कायम हुनुपर्नेलगायतका चर्का नारा लगाएका छन् । सहभागीहरुले रंगीन पोष्टरमा पृथ्वीनारायण शाहको फोटो र उनको वाणी लेखेर बोकेका छन् । विभिन्न हिन्दु धर्मसम्बद्ध संघसंस्थाहरु आफ्नो पहिचानसहित र्यालीमा सहभागी भएका हुन् ।
‘पृथ्वीपथ’ भनिए पनि यसबारे व्याख्या भने गरिएको छैन । र्याली पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले निकालेको हो । जसमा नेपालका लागि नेपाली, ब्रह्कुमारी राजयोग सेवा केन्द्र लगायतका संघसंस्थाहरु सहभागी भएका छन् ।

टिप्पणीहरू