पश्चिम तराईमा हुस्सु, प्रदेश १ मा वर्षाको सम्भावना
आज बिहानदेखि प्रदेश २ तथा बाँकी प्रदेशका अधिकांश पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्यतराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
भोलि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
टिप्पणीहरू