हुम्लीहरु जाडोअघि सिटामोल किन्न बाध्य

हुम्लीहरु जाडोअघि सिटामोल किन्न बाध्य

बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरु हुम्लाको पनि विकट र दुर्गम गाउँमा पुगेका छन् । नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न दुर्गमवस्ती चाला गाउँ पुगेका हुन् ।

चाला गाउँबाट नाम्खा गाउँपालिकाको केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा समेत गाउँ पुगेका हुन् ।

गाउँमा बिरामी पर्दा झारफुक बाहेक विकल्प नभएको बेलामा स्वास्थ्यकर्मी पुगेर उपचार गरेको ताक्ला जिग्मेत लामाले बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार–पाँच महिनाअघि लगेको सिटामोलले काम चलाउने गरेका थिए ।

बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी चिसोमा ३५ जना बिरामीको उपचार गरिएको उनले बताए । उनीहरुको स्वास्थ्य परीक्षणसँगै औषधिसमेत दिइएको छ ।

टिप्पणीहरू