प्रेस चौतारी पाँचथरमा काफ्ले
प्रेस चौतारी नेपाल, पाँचथरको अध्यक्षमा रविन्द्र काफ्ले निर्वाचित भएका छन् । छैठौं जिल्ला अधिवेशनले काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
उपाध्यक्षमा विपुल अधिकारी र दुर्गा खनाल चयन भएका हुन् । सचिवमा भावना लिङ्देन, सहसचिवमा जीवन गौतम र चिरञ्जिवी विश्वकर्मा र कोषाध्यक्षमा इवारा जबेजु चयन भएका हुन् ।
सदस्यमा नेत्र कोइराला, रजनी हाङसरुम्बा, मदन थापा, मौसम सम्बाहम्फे र रमेश थापा निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा तुलसी थापा, शान्ति राई र विपुल अधिकारी चयन भएका छन् । प्रदेश प्रतिनिधिमा सागर खनाल, दिलकुमारी तामाङ र रमेश थापा चुनिएका हुन् ।
टिप्पणीहरू